म्याग्दी |
मोना युएई दुबईले क्रीकमा धौ क्रुजमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ | शुक्रबार सुवाश राम्जालीको अध्यक्षमा स्वागत तथा भेटघाट कार्यक्रम गरिएको हो |
मोना अन्तर्राष्ट्रिय कार्यसमितिका निबर्तमान प्रबक्ता तथा बृतिश सरकारका काउन्सिलर श्री प्रबेश के सि को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो | स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो मन्तब्यका क्रममा केसीले कार्यक्रम अविस्मरणीय र सधै मनमा रहने भएको बताउनु भयो | उहाले म्याग्दी बाट बिद्यार्थीको रुपमा युके पुग्नु हुने बिद्यार्थीहरुलाई आफुले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रोमियन लिम्बू (प्रबेश के सि का श्रीमती ) अतिथि हरु, म्याग्दी प्रबासी नेपाली संघ मोना युएईका सस्थापक अध्यक्ष तथा संरक्षक प्रदीप सुवेदी मोना अन्तर्राष्ट्रिय कार्यसमितिका प्रबक्ता मोना युएईका संरक्षक ई नन्द गर्बुजा युएईमा सफल व्यावसायिक तथा मोना युएईका संरक्षक प्रकाश कार्की सल्लाहकार बिक्रम अधिकारी, युके चलचित्र कलाकार संघका अध्यक्ष रोमियन लिम्बू लगायटको सहभागीता रहेको थियो | लिम्बुले आफ्नो उत्कृष्ट नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाइ अझै रौनक बनाउनु भएको थियो | उहाले कला र सस्कृतीलाई चिनाउन सधै तत्पर रहेको जानकारी गराउनु भयो ।
सचीव नर छन्त्यालको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको संचालन महासचिव काजीमान बुढाथोकीले गर्नु भएको थियो | कार्यक्रममा महिला कलाकारहरुले विभिन्न नृत्यहरु पस्केका थिए |


