बादल शाही |
लाइट स्टार डल हाउस एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा १५ दिने हाते गुडिया सिपमुलक तालिमको मंगलबार बेनीमा उद्घाटन भएको छ | कार्यक्रमको उद्घाटन म्याग्दी उद्द्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले दियो बालेर गर्नु भएको थियो |
कार्यक्रममा राधा मल्ल सम्मानित हुनु भएको थियो | ब्युटिसियनको क्षेत्रमा सबैको प्रेरणाको स्रोतको रुपमा लिइने राधा लामो समयको संघर्षपछी पार्लर बाटै सफल ब्यवसायी बनेकी हुन् | सहभागीहरुले उनीबाट सिक्न पर्ने कार्यक्रमका प्रमुख अतिथि बेला बहादुर कटुवालले बताउनु भयो | कटुवालले १५ दिने तालिमको सफलताको कामना गर्दै सीप सिकेर उत्पादनमुखी र व्यवसायिक भएमा तालिमहरुको औचित्य हुनेमा जोड दिनु भयो | सम्मान भएपछी आफुले सीप् सिकाएको चेलाले अरुलाई सीप सिकाउन सक्ने भएकोमा लाइट स्टार हाउस एण्ड ट्रेनिंग सेन्टरकी संचालिका सोनिया राइप्रति खुसि व्यक्त गर्नु भयो |
स्टार लाइट डल हाउस एण्ड ट्रेनिङ् सेन्टरले निशुल्क संचालन गरेको र आफुले धेरै दुख र सघर्ष गरेर सिकेको सीप जिल्लाका दिदी बहिनीहरुलाई सिकाउने अवसर मिलेकोमा स्टार लाइटकी संचालिका सोनिया राइले खुसि व्यक्त गर्नु भएको छ | कार्यक्रममा अतिथिको रुपमा ब्युटी पार्लर संचालिकाहरु संगीता श्रेष्ठ, मिना शेरापुजा, गङ्गा कार्की, यामु शेरचन, सरस्वति जिसी, अनिस विस्वकर्मा लगायतको उपस्थिती रहेको थियो | स्टार लाइटकी संचालिका सोनिया राइको अध्यक्षतामा सम्पन कार्यक्रमको संचालन भने किसान विस्वकर्माले गर्नु भएको थियो | बुधबारदेखि संचालन हुने तालिममा ३४ जना महिलाहरुको सहभागी रहनेछ |




