निलम थापा, बाल्टिमोर अमेरिका,

 

 

कोविड१९ महामरी रोगले विश्वलाई आतँकित बनाए पछि भेटघात पार्टी, भोज भतेर सामाजिक कामहरु शुन्यप्राय भएको बेला म्याग्दी समाज युएसए पनि एक किसिमले चुपचाप बसेर सरकारको दिशानिर्देशनलाई पालना गर्दै आएको थियो । केहि महिना अघिबाट समाजमा केहि मात्रामा सामाजिक कार्यक्रमहरु आयोजना हुदै आएको अवस्थामा म्याग्दी समाजले पनि करिव दुई बर्षपछि पहिलो पटक एउटा रमाईलो कार्यक्रम लिएर आउने भएको छ ।

डिसेम्वर ५, २०२१ मा बसेको म्याग्दी समाजको पुर्ण बैठकले जनवरी १, २०२२ शहनिबार साँझनयाँ बर्ष २०२२ को शुभकामना आदान प्रदान तथा साँगितीक साँझकार्यक्रमको आयोजना गरेर नयाँ बर्ष २०२२ लाई स्वागत गर्ने निर्णय गरेको छ । बैठकले कार्यक्रममा पाल्नुहुने सम्पुर्ण दर्शकबृन्दहरुलाई निशुल्क प्रबेश गर्न पाउने ब्यवस्था गरेको छ भने क्याश बारको ब्यवस्था पनि गरेको छ ।

कार्यक्रमको प्रमुख आकार्शणमा चर्चित लोकपप गायिका तथा द भ्वाइस अफ नेपाल दुइ कि कोच आस्था राउत हुनुुन्छ भने, अन्य स्थानिय चर्चित कलाकारहरुको पनि बेजोड गायन प्रस्तुती रहने उक्त कार्यक्रममा सालैजो, झ्याउरे तथा चर्चित डान्सिङ नम्वरहरु पस्किने भएको छ । त्यसैले म्याग्दी समाज युएसए बाल्टिमोरवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबैनीहरुमा यस कार्यक्रममा उपस्थित भै भरपुर मनोरन्जन लिनु हुन हार्दिक अनुरोध गर्दछ । कार्यक्रम हुने स्था, समय र मिति तलको ब्नयानरमा उल्लेखित छ, साथै कार्यक्रमको बारेमा अन्य जानकारी लिन परेमा हामीलाई सम्पर्क गर्नुहोला, धन्यबाद । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय