निलम गाँउले,
बाल्टिमोर अमेरिका
गत December 11th, 2021 मा सवारी दुर्घटनामा परि ज्यान गुमाउनु भएका म्याग्दी ज्याम्रुककोटका ३१ बर्षिय युवा स्वर्गिय सुनिल बराइलीको परिवारलाई थप राहत रकम प्राप्त भएको छ । Myagdi Overseas Nepali Association ( MONA ) अमेरिकाले उक्त सहयोग रकम उपलब्ध गराएको हो । अमेरिकाभरि छरिएर रहेका म्याग्देलीहरुको सँस्था मोनाले आफ्नो पहलमा GoFundme र मेसेन्जर समुह गरी दुइ तरिकाले सहयोग गर्न आव्हान गरेको थियो । जसमा गोफण्डमीबाट जम्मा रकम $5,020.00 र मेसेन्जर समुहबाट $3,125.00 गरि जम्मा रकम $8,145.00 सँकलन भएको थियो ।
उक्त रकम मध्य December 27th, 2021 दाहसँस्कारको दिन मोना अमेरिकाका अधक्ष्य श्री रघु सुवेदी ज्युले मृतकका परिवारलाई $8,025 हस्तान्तरण गर्नु भएको थियो ।

अधक्ष्य रघु सुवेदीले रकम हस्तान्तरण गर्दै
बाँकी रकम ढिलो गरि प्राप्त भएकोले मोना अमेरिकाका महासचिव श्री सुभाष भण्डारीज्यु ले मृतकका परिवारको वासस्थानमै भेटेर $120.00 हस्तान्तरण गर्नु भएको कुरा महासचिव भण्डारी ज्युले सुर्योदय न्युजलाई बताउनु भएको छ ।

महासचिव सुभाष भण्डारी ज्युले बाँकी रकम हस्तान्तरण गर्दै
यसरी दु:ख परि आएको बेला म्याग्देलीहरु र म्याग्देलीहरुका साथीहरु सबै मिलेर स्वर्गिय सुनिल बराइलीका परिवारलाई आर्थिक राहत रकम उपलब्ध गराएको छ । यस राहत सँकलनमा सहभागी भै सहयोग गर्नु भएकोमा मोना अमेरिकाका अधक्ष्य रघु सुवेदी ज्युले सहयोगी महानुभावहरु सबैलाई धन्यबाद दिनु भएको छ ।


