बादल शाही
राजनीतिक आस्थ्याका कारण बन्दि बनेर जेल जीवन भोगिरहेका म्याग्दीका रेशम सापकोटा आइतवार जेलमुक्त हुनुभएको छ । २६ महिना लामो जेलजीवन भोगिसकेका सापकोटा जिल्ला अदालत म्याग्दीको आदेशमा जेलमुक्त हुनु भएको हो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा आस्था राखेकै कारण सापकोटालाई विभिन्न ८ ओटा झुठ्ठा मुद्दाहरु लगाएर जेल चलान गरिएको थियो । जेलमुक्त भएको कारण खुसि व्यक्त गर्दै सापकोटाले सम्मानित अदालत र आफ्नो वकिल साथै प्रहरी प्रशासनलाई धन्यवाद दिनु भयो । सापकोटामाथी लागेका विभिन्न ७ मुद्दाहरु खारेज भएको छ भने एउटा मुद्दामा दश महिना कैद र ३० हजार जरिवाना भनेकोमा ३० हजार जरिवाना तिरेर आफु रिहा भएको उहाले बताउनु भयो । यो एउटा मुद्दा पनि खारेज हुन पर्ने उहाले बताउनु हुन्छ | “एकीकृत जनक्रान्ति मार्फत देशको राज्यव्यवस्था संचालन हुनपर्छ, किन भने दलाल संसदीय व्यवस्थाबाट अहिलेको राजनीतिक अवस्था समाधान हुन सक्दैन भनेर पार्टीको कार्यदिशामा लागिरहेको बेला संसदीय व्यवस्थाका केही मतियारहरुले हामीलाई गिरफ्तार गरेका थिए” सापकोटाले सूर्योदय न्युजलाई बताउनु भयो । उहाँले ३ बुंदे सहमति कार्यान्वयन गरेर सरकारले देशभरका बन्दीहरुलाई रिहाइ गर्न पर्नेमा जोड दिनु भयो ।
सापकोटा जेल मुक्त भएपछी उहाँको परिवार र नेकपा म्याग्दीमा खुशियाली छाएको छ । उहालाई बधाई तथा आगामी राजनीतिक यात्राको लागि शुभकामना दिनेहरुको लर्को नै लागिरहेको छ । सामाजिक संजालमा सापकोटाका सहकर्मी, आफन्त र शुभचिन्तकहरुले बधाई दिईरहेका छन् ।

भिडियो :

