निलम गाँउले
बाल्टिमोर अमेरिका
रुपन्देही जिल्ला भैरहवामा बसोवास गर्नु हुने एक गजलकार युवा जस्ले आफ्नो उपनाम “ब्रोकन हार्ट” भनेर लेख्ने गर्नु हुन्छ, उनै गजलकार श्री दिपक सोमरे ज्यु को धेरै मिठा मिठा गजलहरु मध्य आज एउटा गजल हाम्रा सुर्योदय न्युजका पाठक तथा गजल पारखीहरुका लागी राख्न मन लाग्यो । गजलकारले प्रायजसो प्रेममा धोका खाएको कुराहरुलाई आफ्ना गहकिला शेरहरु मार्फत यसरी पोख्ने गर्नु हुन्छ ।

गजल संसार……….
प्रेमको बदलामा तिमिले चोट दिए पछि!
बल्झियो घाउ निको न–हुने खोट दिए पछि!!
.
अनयासै बिक्न थालेछ दिलको कित्ता पनि!
तिम्रो बजार भित्र,सम्झौताको नोट दिए पछि!!
.
कस्तो जमाना लाजै न–मानी समाउदै थिए!
आफै लुटिएर खुशी फल्ने बोट दिए पछि!!
.
भन्दै थियौ हराउने छु मायाको अदालतमा!
ओकिल बनी दोशि बनायौ कोट दिए पछि!!
.
चिन्दिन भन्छौरे समय संगै बदलिएर आज!
पलमै घात गर्यौ बिश्वासको भोट दिए पछि!!
.
रचनाकार :- दिपक सोमरे मगर ( ब्रोकन हर्ट)
ओमसतिया :- १ कटैया रुपन्देही भैरहवा
भविष्यमा पनि वहाँका यस्तै चोटिला तथा गहकिला गजलहरु पढ्न पाउने आसा राख्दै साहित्यमा कलमहरु र लेख्ने कदमहरु सदैव अघि बढिरहोस शुभकामना । साथै यो गजल यहाँ प्रकाशित गर्ने अनुमती दिनु भएकोमा धेरै धेरै आभार प्रकट गर्दछौ ।

