म्याग्दी : अमेरिकी सहयोग परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रघाती सम्झौताविरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित पाँच दल र एक मोर्चाको संयुक्त केन्द्रीय योजना अनुरुप घोषणा गरिएको नेपाल बन्द म्याग्दीमा पनि सफल भएको छ । आजको बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी म्याग्दी सहित अन्य आठ दल र दुई मोर्चा संयुक्त रूपमा सडकमा उत्रिएका थिए ।
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धको आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका संयुक्त मोर्चा आज बिहानै म्याग्दीको बेनी बजार स्थित लखन थापा चोक ( बिरेन्द्र चोक ) मा निस्केको थियो । नेपाल बन्द सफल पार्न सडकमा उत्रिएको संयुक्त मोर्चाले होटल, व्यापार, व्यवसाय, सवारी साधन सबै बन्द गरेको थियो ।
बन्दको अबज्ञा गर्दै सवारी चलाउने चालक र बन्दकर्ताबीच सामान्य विवादहरु भए पनि म्याग्दीमा कुनै पनि किसिमको अप्रीय घटना भएन । बन्दकर्ताहरुलाई सहयोग गरेकोमा प्रहरी प्रसासन, जिल्लाका व्यवसायी र जिल्लावासीलाइ मोर्चाले धन्यवाद दिएको छ ।



