निलम गाँउले
बाल्टिमोर अमेरिका

सँयुक्त राष्ट्र सँघको ( Commission on the Status of Women ) ६६ औ महासभामा सहभागी जनाउन आउनु भएकी नेपाल सरकारकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रीमती उमा रेग्मी आधिकारीलाई बाल्टिमोर शहरमा हिँजो मार्च १७ मा भव्य स्वागत गरिएको छ । न्युयोर्कमा भएको उक्त कार्यक्रममा सहभागी जनाए पछि नेपाली राजदुतावास वाशिँटन डि.सी. जाने क्रममा बिचबाटोमा पर्ने नेपालीहरुको बाक्लो वस्ती रहेको शहर बाल्टिमोरमा उत्रनु भएको थियो ।

मन्त्री उमा रेग्मी र अवैतणिक महावाणिज्यदुत प्रेम राजा महत

जितेन गुरुँगको सँयोजकत्व र गैर आवासिय नेपाली सँघ अमेरिकाको मेरील्याण्ड राज्यका अधक्ष्य श्री राजु पराजुलीको न्यानो आतिथ्यमा पराजुली द्वरा सन्चालित Bombay Nights रेष्टुरेण्टमा भेटघात तथा दिवाभोजको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल सरकरको लागी मेरील्याण्ड र पेन्सल्भेनिया राज्यका अवैतनिक महावाणिज्यदुत श्री प्रेम राजा महतको पनि गरिमामय उपस्थित रहेको थियो । छोटो समयमा पनि उक्त कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थितीरहेको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समितिका अधक्ष्य सुवास घिमिरे, NRNA NCC USA का सदस्य डोलनाथ घिमीरे, BANA का अधक्ष्य सुबोध बिलास पन्त, वरिष्ठ उपाधक्ष्य हिरा गुरुँग, कास्की समाजका अधक्ष्य तथा समाजसेवी कुल गुरुँग तथा NRNA NCC USA का चुनाव समितीका सदस्य श्री कुलमणी आचार्य लगायत बुद्दिजिवी तथा सर्वसाधारण नेपालीहरुको पनि उपस्थिती रहेको थियो ।

सामुहिक तस्विर

अधक्ष्यद्वय राजू पाराजुली ज्यु ले सञ्चालन गर्नुभएको उक्त छोटो कार्यक्रममा सबै भन्दा पहिला सबै सहभागीहरु द्वरा परिचय तथा मनमा लागेका कुराहरु छोटो गरि राख्न दिइएको थियो भने, अवैतनिक महावाणिज्यदुत प्रेम राजा महत ज्यु ले मन्त्री तथा वहाँसँग पाल्नु भएका नेपाल सरकारका कर्मचारीहरुलाई स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

मन्त्री ज्यु सँग पाल्नु भएका स्वकिय सचिव लगायत नेपाल सरकारका कर्मचारीहरु

त्यसपछि मन्त्री ज्युले आफ्ना मन्तव्य राख्नु भएको थियो । मन्त्री ज्युले यति छोटो समयमा पनि आफुलाई भेट्न यति धेरै महानुभावहरुको उपस्थिती रहेको देख्दा आफुलाई धेरै खुशि लागेको बताउनु भएको थियो । आफुलाई मन्त्री भनेर चिनिनु भन्दा पनि दिदी भएर चिनिनुमा आनन्द लाग्छ भन्दै मन्त्री पद त दुइदिनको हो दिदी साइनो त जिन्दगीभर रहन्छ भन्नुभयो । मन्त्री ज्युले आफु हुर्के बढेको नालीबेली सहित यस्तो कामको ब्यसततामा पनि यहाँ उपस्थित भैदिनुभएकोमा सबैलाई धन्यबाद दिनुभयो । त्यस्तै बानामा आउदै गरेको चुनावका लागी सबै उमेद्वारहरुलाई विजयको शुभकामना पनि दिनुभएको थियो ।

गैर आवासिय नेपाली सँघ अमेरिकाको मेरील्याण्ड राज्यका अधक्ष्यका दम्पती मन्त्रीज्यु सँग ।

त्यसपछि मन्तव्य सकिए लगत्तै दिवाभोज भएको थियो । दिवाभिज पछि बाल्टिमोर शहरमा स्थापित सबै भन्दा पुरानो तथा सक्रिय सँस्था BANA ले अफ्नो भवनमा निम्त्याएर वहाँहरुलाइ सँस्थाका अधक्ष्य श्री सुबोध विलास पन्तले खादा लगाएर स्वागत तथा अमेरिका बसाई सुखमय होस भन्दै शुभकामना दिनु भएको थियो ।



मन्त्रीज्युले राख्नु भएको मन्तव्यको भिडियो छिट्टै Nisija Music & Entertainment Channel बाट छिट्टै आउदैछ, प्रतिक्षारत रहनु होला ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय