हालैमात्र नगरपालिकाको कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी र योग्यताका आधारमा भएको सुर्योदय न्युजको ठहर छ । निहित स्वार्थीहरुको माग पूरा नभएकोमा सामाजिक सञ्जालमा रोइलो भएको चाही स्पस्ट हुन आएको छ ।
वेनी नगरपालकिाको मिति २०७९।४।१३ गते प्रकाशन भएको कर्मचारी नियुक्तिका विषयमा सामाजिक सञ्जालमा आएको टिकाटिप्पणीका सन्दर्भमा सूर्यदय न्यूजले विशेष चासोका साथ आवश्यक अध्ययन तथा खोज गरेको थियो ।
यस क्रममा वेनी नगरपालिका कार्यालयमार्फत मिति २०७९/४/१३ गते बेलुका प्रकाशित भएको स्पष्टीकरणका सम्वन्धमा थप बुझ्न बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग प्रत्यक्ष रुपमा नै संक्षिप्त भनाई एवं सो सँग सम्वन्धित प्रमाणहरुका सम्वन्धमा जानकारी लिने काम भयो । साथै, अन्तर्वातामा उत्तीर्ण भै सफल हुनु भएका उम्मेदवार, साधना केसी सँग समेत हामीले प्रत्येक्ष सम्पर्क गरी सो सम्वन्धमा बुझ्ने प्रयास सावधानीपूर्वक गरियो ।
यसरी हाम्रो गहन अध्ययन र खोजमूलक पत्रकारिताको माध्यमबाट हेर्दा निज सफल उम्मेदवारले स्पष्ट रुपमा नै आवेदन दिएको र अन्तर्वातामा सहभागी भै योग्यता र क्षमताका आधारमा केन्द्र प्रमुखमा नियुक्तिका लागि सिफारिस भएको स-प्रमाण पाईयो ।
निश्चित विधि र प्रक्रिया मार्फत योग्यतामूलक ढङ्गबाट छनौट भएकामा निश्चित स्वार्थ समूहको माग पूरा नभएपछि सामाजिक सञ्चालमा वेनी नगरपालिकाको सामान्य प्राविधिक त्रुटीलाई लिएर टीकाटिप्पणी गरेको स्पष्ट हुन आएको पाईयो । हाम्रो २ दिनको अनवरत खोजमूलक पत्रकारिताले पदपूर्ति निष्पक्ष र पारदर्शी रुपमा नै भएको पाईएकाले वेनी नगरपालिका प्रति विशेष सम्मान एवं आगामी दिनमा समेत यस्तै निष्पक्ष एव क्षमताका आधारमा कर्मचारी छनौट गर्ने परिपाटीको विकास होस । साथै सफल उम्मेदवार साधना केसीलाई समेत सफल कार्यकालको शुभकामाना ।
साथै यसरि पारदर्शी रुपमा अवसरहरुबाट बन्चित भएकाहरुलाई सरकारी अवसरमा सामेल गराएर सम्पूर्ण रुपमा प्रतिस्पर्धीको पृष्ठभुमी र योग्यताको आधारमा कर्मचारी छनौट गर्ने रास्ट्रसेवक कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गर्दछौ

