निलम गाउँले, बाल्टिमोर, अमेरिका
शनिबार साँझ बाल्टिमोर तमु समाजले आफ्नो प्रमुख चाड ल्होसार (हि-ल्हो) भव्यताका साथ बाल्टिमोरमा मनाएको छ । मेरीलयाण्ड जिल्ला ८ का डेलीगेट्स डा. ह्यारी भण्डारीको प्रमुख आतिथ्यता तथा समाजका अधक्ष्य श्री दिनेश गुरुङको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बानाका अधक्ष्य सुबोध विलास पन्त लगायत बाल्टिमोरमा भएका प्राय सबै सँघ सँस्थाहरुको प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए ।

ज्येष्ठ नागरीक ७३ वर्षिय श्री केश बहादुर गुरुङले दिप प्रज्वलन गरि उत्घाटन भएको कार्यक्रमममा डेलिगेट्स ह्यारी भण्डारी ज्युले बाल्टिमोर तमु समाजलाइ शुभ-कामना दिदै बाल्टिमोर तमु समाजलाइ साइटेशन प्रदान गर्नु भएको थियो ।

बाल्टिमोरमा बस्ने नेपालीहरुको साझा सङगठन बानाका अधक्ष्य श्री सुबोध बिलास पन्त ज्युले पनि आफ्ना मनतव्य राख्नु भेको थियो । साथै बाल्टिमोरमा अनलाइनबाट चल्दै आएका पत्रिकाहरु नेपालिज डायस्पोरा, सन्देश टुडे र सुर्योदय न्युजका सम्पादकहरुलाइ पनि आमन्त्रण गरिएको थियो । सँस्थाका सल्लहाकार तथा सामाजिक ब्यक्तित्व श्री कुल गुरुङ ज्युले ल्होसारको बारेमा प्रकाश पार्नु भएको थियो ।

यसै कार्यक्रमका वीच बाल्टिमोर तमु समाजको लागी आजिवन सदस्यता लिने सदस्यहरुलाइ प्रमाण-पत्र समेत वितरण गरीएको थियो । कलाकार तथा चर्चित मोडेल तथा नायिकाहरु रन्जिता र यन्सर्ज गुरुङ र चर्चित गायिकाहरु अन्जना गुरुगँ, आभा मुकारुङ तथा अन्य कलाकारहरुलाइ पनि दोसल्ला र प्रमाण-पत्र द्वरा सम्मान गरिेको थियो

ईशा तमुस्यो, श्याम तमु र रेणु तमुस्यो साँस्कृतिक सँयोजक रहेको कार्यक्रमको दोश्रो चरणको प्रस्तोताहरुमा नबिन तमु, ईशा तमुस्यो,मेख बहादुर तमु र निता तमुस्यो हुनुहुन्थ्यो । स्थानिय तथा चर्चित कलाकारहरुले आफ्ना सुन्दर प्रसतुतीहरु पस्केर दर्शकहरुलाइ मनोरन्जन दिएका थिए । स्थानिय साना साना नानीबाबुहरुको प्रसतुतीहरु समेत रहदा कार्यक्रममा थप रौनकता थपिएको थियो ।

न्युयोर्कबाट आएका कलाकारहरु रन्जिता, यन्सर्ज र रुथमान गुरुङको धमाकेदार नृत्यले दर्शकहरुलाइ समेत नचाएको थियो भने नेपाली साँगितीक आकाशमा स्थापित गायक कन्हैया सिँह परियार, श्याम गुरुङ तथा नबिन गुरुङको ब्याण्डले मिठा मिठा गितहरु गाएर दर्शकहरुलाइ मन्त्रमुग्ध बनाउनुका साथै झुमी झुमी नाच्न बाध्य बनाएका थिए । साथै चर्चित गायिकाहरु अन्जना गुरुङ्ग तथा आभा मुकारुङले आफ्ना मिठा मिठा गितहरु गाएर दर्शकहरुलाइ एकदम खुशि दिलाएका थिए । समग्रमा भन्नु पर्दा यो कार्यक्रम सफल, सव्य र भव्य भएको थियो ।

साथै गुरुगँहरुको परम्परागत छ्याडु नाचको पनि यहाँ प्रसतुत गरिएको थियो ।

दर्शकहरुले खचाखच रहेको यति ठुलो कार्यक्रम अत्यन्तै सुव्यवस्थित र व्यवस्थापकीय पक्ष राम्रो रहेको सहभागीहरुले सुर्योदय न्युजलाई बताएका छन् | औपचारिक रुपमा कार्यक्रमको सन्चालन समाजका सचिव श्री गणेश गुरुङ्गले गर्नु भएको थियो ।




