बादल शाही |

विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले बिहिवार सी संस्कृति स्मृति दिवस मनाएको छ | देशको निम्ति वलिदान दिने सहिदहरुको सम्झना तथा दिवगत आफन्तहरुको सम्झनामा सी सस्कृति स्मृति दिवस मनाइएको हो |

सी सस्कृतिमा समाजको कुनै सदस्यको मृत्यु भएमा उसको सम्झनामा एक फुल, एक फल र एक जडीबुटीको बिरुवा रोप्नुपर्ने उल्लेख रहेको कार्यक्रमको प्रमुख अतिथि तथा पार्टीको धौलागिरि ब्युरो इन्चार्ज विकिरण सी ले बताउनु भयो | पार्टीको नौ औं सस्लेशनले समाजको विकृतिलाई भत्काउन साम्यवादी संस्कारको स्थापना भएको र यसलाई समाजमा लागु गर्नु पर्ने कुरामा उहाले जोड दिनु भयो |

समाजको सबै किसिमको विभेदको अन्त्य सी सस्कृति मार्फत मात्र सम्भव रहेको कार्यक्रमको अधयक्ष्य तथा पार्टीको म्याग्दी जिल्ला इन्चार्ज उषा सीले बताउनु भयो | साम्यवादी संस्कृतिको यात्रामा अवको समाजले यात्रा गर्नुपर्ने र त्यसको निम्ति सी संस्कृतिको अवधारणा मात्र विकल्प रहेको उहाले बताउनु भयो | पार्टीको जिल्ला सेक्रेटरी अविरल सीको स्वागत मन्तब्य र गोमा सी को संचालनमा सम्पन्न कार्यक्रमममा फिल्टर सीले पनि मन्तब्य राख्नु भएको थियो |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय