काठमाण्डौमा सम्पन्न ऐतिहासिक २३ औं राष्ट्रिय सम्मेलनबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (समाजवादी) ले धौलागिरि ब्युरोबाट ३ जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ |
वाल्मीकि क्याम्पस, प्रदर्शनी मार्ग काठमाडौंमा गत आइतवार सम्पन्न सम्मेलनले बाग्लुङ्गका सुधन सी, म्याग्दीका रोहित सी र मुस्ताङ्गका सुमित सीलाइ केन्द्रीय समितिमा निर्वाचित गरेको हो | तीन वटै जिल्लाका अखिल क्रान्तिकारीका अध्यक्ष्यहरु केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा बधाई दिदै नेकपा धौलागिरि ब्युरो इन्चार्ज विकिरण सीले खुशी ब्यक्त गरेका छन् |
अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) को केन्दीय अध्यक्ष्यमा भने नरेन्द्र सी निर्वाचित भएका छन् |

