सोमबार म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा एक युवकको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
चिमखोलाको धमाखु नजिक कुकुर भुक्नेमा रहेको बगरखोलीको तलाउमा रघुगंगा गाउँपालिका १ बेगका १८ वर्षीय दिपक पुर्जाको पौडीने क्रममा निधन भएको हो । दिपकसँग अन्य ५ जना साथीहरू समेत पौडिन गएका थिए । दिपक तलाउमा डुबेपछी उनका साथीहरूले निकालेर जिल्ला अस्पताल बेनी अस्पतालमा ल्याएपछी उपचारका लागि खटिरहेका डाक्टरले मृत घोषणा गरेका थिए ।
सवलाई पोसमार्टमका लागि जिल्ला अस्पताल बेनी अस्पतालमा राखिएको र घटनालाई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कुमार गुरुङले सुर्योदय न्युजलाई जानकारी दिनुभएको छ ।

