म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशन आइतवार बेनीमा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजवादी स्वतन्त्र ट्रेड युनियन नेपाल (S.T.U.C) का अध्यक्ष नमराज दाहाल थिए। विशिष्ट अतिथिका रूपमा नेपाल हेभी इक्युपमेन्ट स्वतन्त्र अपरेटर संघका अध्यक्ष तथा S.T.U.C का महासचिव सन्तोष श्रेष्ठ सहभागी थिए।
त्यसैगरी विशेष अतिथिका रूपमा S.T.U.C नेपालका सचिव हिमाल बिस्वकर्मा, S.T.U.C गण्डकी तथा कास्की अपरेटर संघका पूर्व अध्यक्ष सुसिल वाग्ले, गण्डकी प्रदेश अध्यक्ष प्रेम थापा, एम.ए.डब्लु अर्थमुभर्स प्रा.लि. पोखराका प्रो कृष्ण तिवारी, तथा नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखरा–कास्कीका अध्यक्ष किशोर गौतम सहित विभिन्न जिल्लाबाट आएका अध्यक्ष र प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अधिवेशनबाट संघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। देब बहादुर खड्का संघको नयाँ अध्यक्षमा चयन भएका छन् भने हिरा माझी उपाध्यक्षमा निर्वाचित भएका छन्। मान साही सचिवका रूपमा चयन हुँदा रामकुमार भण्डारी सह–सचिव भएका छन्। कोषाध्यक्षको जिम्मेवारी गढेस बहादुर खत्री ले सम्हाल्ने भएका छन्। साथै कार्यसमितिमा कुमार श्रेष्ठ, डिल बहादुर खत्री, सन्जित शाही, युबराज श्रेष्ठ, रेसम बुढा, कृष्ण बहादुर खत्री, हरि प्रसाद शर्मा, र विकास भण्डारी सदस्यका रूपमा चयन भएका छन्।
संघको संरक्षक तथा प्रमुख कानुनी सल्लाहकारको रूपमा संस्थापक सचिव तथा निवर्तमान अध्यक्ष देबेन्द्र चोखाल रहेका छन् भने संस्थापक अध्यक्ष स्यामनन्द शर्मा वरिष्ठ सल्लाहकारको भूमिकामा रहेका छन्।
कार्यक्रमको सफल आयोजनामा योगदान पुर्याउने संघका केन्द्र, प्रदेश, म्याग्दी शाखा तथा विभिन्न जिल्ला शाखाका अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई संघले हार्दिक आभार र धन्यवाद प्रकट गरेको छ।


