म्याग्दी । रघुगंगा ७ चिमखोला स्थित श्री अमर माध्यमिक विद्यालय बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सहभागी ९ जना विद्यार्थीहरु मध्य ८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयले यस वर्ष ८८.८९ प्रतिशत नतिजा हासिल गरेको हो ।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार सहभागी अधिकांश विद्यार्थीले सफलतापूर्वक परीक्षा उत्तीर्ण गर्दै विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइमा पुर्याएका छन् ।
उत्तीर्ण विद्यार्थीहरूको विवरण यसप्रकार रहेको छः
- जिनिषा पुन — GPA 2.33
- केशव बगदास — GPA 2.72
- कृपा पुन — GPA 2.65
- पूर्णिमा गर्बुजा — GPA 2.20
- रोहन गर्बुजा — GPA 2.33
- सोपिया बगदास — GPA 2.94
- सदिक्ष्या नेपाली — GPA 2.73
- सुमिना पुर्जा — GPA 2.33
विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्रा अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक बन्न शुभकामना दिएको छ ।
विद्यालय प्रशासनका अनुसार सफलता केवल परीक्षाको नतिजामा सीमित नभई निरन्तर मेहनत, अनुशासन र संघर्षको प्रतिफल पनि हो । “आजको उपलब्धि भोलिको सफल भविष्यको आधार हो” भन्ने सन्देशसहित विद्यालयले सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ ।

