प्रेमको नाटक गरी युवतीसँग अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–६ डम्मरा बस्ने २२ वर्षीय आशिष थापाले युवतीसँग अश्लील भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै धम्की दिँदै रु. ९,१०,३७० बराबरको रकम तथा गरगहना ठगी गरेका थिए।

प्रहरीले तालुक नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा तथा वडा प्रहरी कार्यालय बैदाम कास्कीसँगको समन्वयमा उनलाई मिति २०८३/०२/०४ गते कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

थापामाथि आपराधिक लाभ तथा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी ७ दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रेस विज्ञप्तिमा सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय