म्याग्दीको बेनी नगरपालिका–१०, वाखेता मा नगद हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार गोप्य सूचनाका आधारमा साउन १ गते राति ३:४५ बजे खटिएको प्रहरी टोलीले बेनी नगरपालिका–१०, वाखेतास्थित एक घरमा छापा मार्दा उनीहरू जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीले घटनास्थलबाट ताससहित रु. ५२ हजार ८१० नगद बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा बेनी नगरपालिका–१० निवासी बेगम पाइजा, ५२ वर्षीय धन बहादुर मगर, ५३ वर्षीय बिरेन्द्र पुर्जा, ४५ वर्षीय इन्द्र बहादुर पाइजा, ५६ वर्षीय खड्क बहादुर पुर्जा, ५२ वर्षीय हिरा बहादुर थापा र ५९ वर्षीय बल बहादुर खड्का रहेका छन्।

उनीहरूलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय