अमित बिस्वकर्मा सुर्योदय न्युज ।
बेनीको न्युरोडका आगलागी पिडित रघुगंगा जुस कर्नर एण्ड डेरीका संचालक प्रमोद / रुकमाया शर्मा र नतिजा किराना स्टोर्सका संचालक जगन्नाथ शर्मालाइ म्याग्दी उद्योग बाणिज्य संघले राहत रकम सहयोग गरेको छ ।
संघको ब्यबसायी हित कोषबाट रु ५०,००० संघका पुर्व अध्यक्ष हरु, बर्तमान कार्य समिति र आमन्त्रित सदस्यहरुबाट संकलित रु १,५०,००० र महिला उधम बिकास समिति बाट संकलीत रु ३९,५५० ,गरि रु २,३९,५५० संकलन भएको थियो ।
संकलीत रकम संघ अध्यक्ष बेल बहादुर कटुवाल, निबर्तमान अध्यक्ष उत्तम कर्माचार्य र महिला उधम।बिकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले दुइ ब्यबसायीलाइ १,१९,७७५ का दरले हस्तान्तरण गर्नु भएको थियो । तत्काल ब्यबसाय संचालनमा ल्याउनका लागी बिभिन्न पक्ष संग समन्वय गरिने संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ ले बताउनु भयो ।
गत मंगलबार बिहान भएको आगलागी बाट दुबै पसल जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।

