बेग, दल प्रसाद तिलिजा |

म्याग्दीको रघुगंगा गाउपालिका-१ बेगखोला बेग सीमफाँट टोल नंम्बर ३ चुतर्नीको पाँच घर परिवार पहिरो पीडितलाई लिस्ड नेपाल संरक्षक सस्था म्याग्दीले बोलाएर गलेश्वरमा राहत वितरण गरको  छ ।

 

बेग चुतर्नी फाँटको तल खेल मैदान बनाउने क्रममा माथीको चुतर्नी फाँटको जग खनिएको कारणले जमिन लच्किए  पछि चुतर्नी बस्तीमा पाँच परिवारको घर र जग्गामा  क्षेती भएको थियो | पहिरोले  बस्तीका पाँच घर परिवार विस्थापित भएका थिए |

विस्थापित हुनेमा आमा केसरी पुर्जा, बुहारी टमया पुर्जा, छोरा कर्णे पुर्जा, छोरा यम कुमार पुर्जा र हिम बहादुर बिक रहेका छन् भने पाँच घर परिवारलाई एक परिवार बराबर एक बोरा चामल, २ केजी दाल ५ केजी आटा १ केजी चिनी, आधा केजी चिया पत्ती गरी लिस्ड नेपाल संरक्षक सस्था म्याग्दीले पाँच घर परिवारलाई सहयोग गरी राहत वितरण गरको हो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय