म्याग्दी  :

 

 

जनताको ढाड सेक्नेगरि निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै आएपछि नेपाल कम्युनिस्ट पार्टी आन्दोलित बनेको छ । २५ गतेबाट चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाको आव्हानमा भोलि एकदिने नेपाल बन्द हुँदैछ । भोलि हुने बन्दको पुर्वसंध्यामा नेकपा म्याग्दीले  मसाल जुलुस निकालेको छ । जिल्लाको सदरमुकाम बेनीमा  जुलुस निकालेको हो ।

जनताले बन्दलाई ऐक्यबद्धता जनाएका छन्, केही दलालले उलङ्घन गर्न खोजे शसक्त प्रतिरोध गरिने नेकपा म्याग्दीले जनाएको छ  । बन्दको सबै तयारी पूरा भएको हुनाले भोलि एकदिन नेपाल बन्द हुने भएकोले सबैलाई सुचना गरिएको र सुचना प्राप्त नभएको भए यही समाचारलाइ सुचनाको आधार मान्नु पर्ने नेकपा म्याग्दीले सुर्योदय न्युजलाई बताएको छ ।

नेपाल बन्द हुने भएकोले जिल्ला बासी कसैले पनि बन्दको अबज्ञा नगर्न हुन नेकपा म्याग्दीले सुझाएको छ |

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय