दल प्रसाद तिलिजा बेग
बेगमा निशुल्क ३३ दिने योग शिविर मंगलवार बिहान ५ बजे देखि सम्पन्न हुने भएको छ । नवीन आनन्द योग केन्द्रको शाखा बेगको आयोजनामा योग शिविर हुने भएको हो ।
बेगको सामुदायिक भवनमा सम्पन्न हुने योग शिवीरमा स्थानीयहरूलाइ सहभागी भएर योगको आनन्द लिनको लागि केन्द्रले अनुरोध गरेको छ । रघुगंगा गाउपालिका वडा १ को सहयोगमा सम्पन्न हुने योग शिविरमा योग गुरु नवीन जुग्जालीले योग सिकाउने छन् ।
योग शिविरमा जुनसुकै उमेरसमूहका मानिसहरुले सहभागी जनाउन सक्ने योग केन्द्रले जनाएको छ । मनको शान्ति र स्वाथ्यलाइ सधै स्वस्थ राख्न योगको महत्वपूर्ण भूमिका रहने योग गुरु नवीन जुग्जाली बताउनु हुन्छ ।

