निलम थापा, बाल्टिमोर अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा स्थापित सक्रिय सँस्थाहरु मध्यको एक म्याग्दी समाज अमेरिकाले यहि आउदो शनिबार साँझ आयोजना गर्न गैरहेको अँग्रेजी नयाँ बर्ष २०२२ को कार्यक्रम सारिएको समाजका उपाधक्ष्य श्री भिम केसीद्वरा सुर्योदय न्युजलाई जानकारी प्राप्त भएको छ ।


म्याग्दी समाजले आफ्नो फेसबुकबाट एक जरुरी सुचना प्रकाशित गर्दै भनेको छ, विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरसको प्रकोप मेरील्याण्ड तथा अमेरिकाभरी दिनहुँ तिव्र दरले बढिरहेको र यसले नेपाली समुदायमा पनि असर पारीरहेकोले हामी र हाम्रो समुदायको स्वस्थ्यलाई मध्यनजर गर्दै यहि जनवरी १, २०२२ शनिवार साँझ हुन गैरहेकोनयाँ बर्षको शुभकामना आदानप्रदान तथा साँगितीक साँझकार्यक्रमलाई नेपाली नयाँ बर्षमा सारिएको जानकारी उक्त सुचनामा दिइएको छ । यसबाट पर्न गएको असुविधा प्रति म्याग्दी समाज अमेरिका सम्पुर्ण कलाकार, चन्दादाता, अतिथी, सँघ सँस्था तथा दर्शकहरुसँग क्षमा माग्दछ भनिएको छ ।साथै आउने कार्यक्रममा यहाँहरु सम्पुर्णको साथ र सहयोगको आसा पनि राख्दछौ भनेर सुचनामा भनिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय