निलम गाँउले
बाल्टिमोर अमेरिका
सन २०२१ को अन्तिम महिनामा बाल्टिमोरमा एउटा सवारी दुर्घटनामा एक स्व. सुनिल बराइलीले आफ्नो ज्यान गुमाएका थिए । घरको कमाउने मुली मान्छेले नै दुई बाल बच्चा र श्रीमतीलाई यसरी चटक्कै माया मारेर गएपछी उक्त परिवारको बिचल्ली हुने अनुमान सबैले गरेका थिए । स्व. बराइलीले आफ्नो परिवारलाई २०१९ मा अमेरिका ल्याएका थिए । दुई बाल बच्चाले स्कुल पढदै थिए भने उनका श्रीमतीले गृहस्थी गर्दै आएका थिए । स्व. बराइलीले नै रातोदिन काम गरेर परिवारलाइ पालीरहेका थिए । सवारी साधन चलाएर परिवार सम्हाली रहेका मृतकले राती कामको सिलसिलामा यात्रु बोकेर उनिहरुको गन्तव्यस्थान तिर जाँदै गर्दा विपरित दिशाबाट अत्याधिक मादक पदार्थ सेवन गरेका चालकले द्रुतगतिमा हाँकेको सवारी साधन अनियन्त्रित भै मृतकको गाडिमा ठोकिएर दुर्घटना भएको थियो जसमा दुबै चालकको ज्यान गएको थियो । यसरी घरको एक मात्र कमाउने मान्छेको नै मृत्यु भएपछि उनका परिवारका हालत के होला भनेर सबैले चिन्ता लिनु स्वभाबिक नै थियो ।

Senior Marketing Director सुवेदी दम्पती
तर भाग्यबस स्व. बराइलीले बाल्टिमोरका एक जिवन बिमा समबन्धी दिग्गज र काम गर्ने ब्यक्ती Senior Marketing Director दिनेश सुवेदी बाट सन २०१८ मा जिवन बिमा किनेका थिए र उक्त जिवन बिमाको लाभार्थी (beneficiary) मा आफ्नी श्रीमतीको नाम राखेका थिए । त्यसैले अहिले उनका श्रीमतीको नाममा ठुलै रकम जम्मा भैसकेको कुरा बिमाकर्ता सुवेदीले सुर्योदय न्युजलाई बताएका छन ।मृतकले आफु मरेर गएपनि आफ्नो परिवारलाई आर्थिक हिसावले कम्जोर तथा कुनै किसिमको अभाव नहोस भनेर जिवन बिमा किनेका थिए । यसरी छोराछोरीले नकमाउन्जेल जिवन विमाबाट आएको रकमले  यो परिवार आर्थिक रुपमा सफल भएको कुरा सुवेदीले बताउनु हुन्छ । SMD दिनेश सुवेदीले यो भन्दा अघि पनि आफ्ना अर्का दुइवटा ग्राहकहरुलाई यसरी नै जिवन बिमाबाट पाउने रकम उपलब्ध गराइदिएको कुरा बताए । नेपालीहरु यो जिवन विमा समबन्धी त्यती जान्न र बुझ्न खोज्दैनन, जाने बुझेपनी किन्न मान्दैनन किनकी यसको महत्व बुझेका छैनन भन्छन सुवेदी । अहिले कै मुद्दामा पनि आफुहरुले जिवन बिमाको फारम भरेर तयार पारी सक्दा पनि मृतकले हस्ताक्षर गर्न आनाकानी गरेको कुरा सुवेदीले सम्झिदै भन्नु हुन्छ ।

SMD दिनेश सुवेदी र जस्मिन सुवेदी

यो समाचार पढिसके पछि जिवन विमा कत्तिको आवश्यक रहेछ हाम्रो जिवनमा भनेर पक्कै महसुस गर्नु भयो होला भन्ने कुरो सुर्योदय न्युजलाई लागेको छ । सम्पुर्ण पाठकवृन्दहरु हाम्रो जिन्दगी कतिखेर कहाँ गएर टुँगिन्छ पत्तै हुदैन । अझ लुला लँगडो पक्षघात जस्ता कुराहरु भैदियो भने त यो जिवनले कति दु:ख पाउला ? आफु मरेपछि आफ्नो परिवारले कति दु:ख झेल्नु पर्ला भनेर चिन्तित हुनुहुन्छ भने आजै जिवन विमा लिएर आफु र आफ्नो परिवारलाई  सुरक्षित राख्न ढिलो नगर्नुहोस, आजै बिचार पुर्याऔ । यदि तयपाईहरुले जिवन बिमाको बारेमा बुझ्न र जान्न चाहानु हुन्छ भने Senior Marketing Director दिनेश सुवेदीलाई भेटेर अथवा (443)279-8942 र disubedi422@gmail.com मार्फत सम्पुर्ण जानकारीहरु लिन सक्नु हुने छ । सबैको जय होस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय