निलम गाँउले
बाल्टिमोर अमेरिका
हिजो मिति ३१ जुलाइ २०२२ आइतबारका दिन लम्जुङेहरुको सामाजिक सँस्था लमजुङ अमेरिका सेवा समाजको पद हस्तानतरण कार्यक्रम सम्पन्न भएको छ । समाजको निवर्तमान अधक्ष्य श्री शशी थापाको सभापतित्व रहेको उक्त कार्यक्रम मनोज रेग्मीले सञ्चालन गर्नु भएको थियो भने नेपाल सरकारका महावाणीज्यदुत श्री प्रेम राजा महत प्रमुख अतिथीमा हुनुहुनथ्यो । साथै अतिथीहरुमा प्रवासी नेपाली मञ्च अमेरिकाका निवर्तमान अधक्ष्य प्रभुराम थापा, BANA का अधक्ष्य सुबोध विलास पन्त, गोर्खा समाजका अधक्ष्य श्री अपार श्रेष्ठ, साथी बाल्टिमोरका सँयोजक श्री रमेश भट्ट, ईनेप्लिजका श्री बिजय थापा, सुर्योदय न्युजका श्री निलम गाँउले हुनहुन्थ्यो । कार्क्रममा लम्जुङ सेवा समाजलाइ माया गर्ने लमजुङेहरुको पनि उल्लेख्यरुपमा उपस्थिती रहेको थियो ।

कार्यक्रममा नव निर्वाचित पदाधिकारिहरुलाइ प्रमाण–पत्र वितरण तथा खादा लगाएर शुभ–कामना दिइएको थियो । नयाँ कार्य समितिमा निम्न लिखित ब्यकतित्वहरु निर्वाचित हुनु भएको छ ।

अधक्ष्य: गणेश अधिकारी, उपाधक्ष्य: श्री कुम गुरुङ्ग, उपाधक्ष्य: राजेन्द्र थापा, सचिव: प्रेम कमली,कोषाधक्ष्य: अर्जुन सुवाल र कार्यक्रम सँयोजक: सागर खड्का कुँवर रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अप्सरा थापा कुँवर, सुनिता कुँवरप्रेम घिमिरे, राजकुमार गैरे, विजय अधिकारी, ओम गुरुङ्ग, दिपक थापा मगर, हेमनाथ घिमिरे, अनु पराजुली र ममता थापा रहनु भएको छ ।

साथै आजै नयाँ कार्यसमितीका अधक्ष्य श्री गणेश अधिकारीको अधक्ष्यमा बसेको पहिलो बैठकले यहि आउदो अगष्ट २८ आइतबारका दिन बनभोज तथा बिबिध साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै निम्नलिखित ब्यक्तीहरुलाइ समाजको सल्लाहाकारमा चयन गरेको छ: प्रभुराम थापा, सुबोध बिलास पन्त, शशी थापा, मनकुमार श्रेष्ठ, राजु पराजुली, गणेश कुँवर, सुरेश कोइराला, लोकेन्द्र अधिकारी र ईश्वरी दवाडी ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी तथा अतिथी बक्ताहरुले नव निर्वाचित कार्य समितीलाइ बधाई तथा शुभ–कामनाका मन्तव्यहरु ब्यक्त गर्नु भएको थियो ।

सुर्योदय न्युजको तर्फबाट पनि हार्दिक बधाई तथा यहाँहरुको कार्यकाल सफलताकाको लागी शुभ–कामना ब्यक्त गर्दछ ।



