निलम गाँउले
बाल्टिमोर अमेरिका
हिजो अक्टोवर ३० आइतबारको दिन मगर संघ अमेरिकाको डिएमभी शाखाले नेपालीहरुको दोश्रो महान चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम ज्यादै रमाइलोका साथ बाल्टिमोरमा सम्पन्न गरेको छ । कार्यक्रमको सन्चालन समाजका महासचिव श्री प्रविण पुन मगरले गर्नु भएको थियो भने कार्यक्रमको अधक्ष्यता सँघका उपाधक्ष्य श्री शेर बहादुर थापा ज्यु ले गर्नु भएको थियो  । प्रमुख अतिथीमा भुतपुर्व केन्द्रिय सदस्य संगिनी राना मगर हुनुहुथ्यो भने विशेष अतिथीमा भुतपुर्व कार्यवाहक अधक्ष्य श्री निलम कुमार थापा हुनुहुन्थ़्, त्यस्तै अन्य अतिथीहरुमा शेर सारु मगर, लुमा पुन, डोल आले मगर, राम थापा मगर, अमर रज़ा मगर, शितल पुन र रिना बुढा मगर हुनुहुन्थ्यो ।वहाँहरु सबैलाइ नंदा लगाकर सम्मान गरिएको थियो । यसैगरी शाखा सदस्य श्री जनक पुनले स्वागत मन्तव्य राख्नु भए
को थियो भने भुतपुर्व उपाधक्ष्य शितल पुनले शूभकामना मन्तव्य राख्नु भएको थियो।


यसपछि शाखाका सांस्कृतिक संयोजक श्री खिम मश्राङी मगरको अगुवाइमा देउसी भैलो शुरु भएको थियो । यस देउसी भैलो कार्यक्रममा उपस्थित सबै मगर दाजुभाइ तथा दिदी बैनीहरुको उत्साहजनक उपस्थितीले धेरै रमाइलो बनएको थियो । सँघका महासचिव प्रविण पुनले भट्याउन शुरु गरिएको यस देउसी भैलोमा खिम मश्राङी उपाधक्ष्य श्री शेर थापा ज्युले पनि भट्याउनु भएको थियो । त्यसपछी कार्यक्रमका प्रमुख अतिथी संगिनी राना मगरले आफ्ना मन्तव्य राख्नु भएको थियो ।

यसैगरि कार्यक्रमलाइ थप रमाइलो बनाउन चारवटा नृत्यहरु प्रस्तुत गरिएको थियो जसमा भैलिनी आयो आगनमा स्प्रिया पुर्ज़ा मगर र निसिजा गर्बुजा मगरले राम्रो नृत्य देखाउनु भएको थियो भने सपना गुरुङ रोका मगरले हिजो राती सपनीमा भन्ने गितमा आफ्नो नृत्यकला देखाउनु भएको थियो । त्यसपछी पुनम थापा मगर र निकुल रजान मगर ले एउटै गित निन्द्रा छैन राती रातीमा भन्ने गितमा छुट्टा छुट्टै मनमोहक नृत्य देखाउनु भएको थियो ।

भैलो खेल्दा त्यहाँ उपस्थित जनमानिसहरुले उल्लेख्य रुपमा दान गर्नु भएको थियो । साथै कर्यक्रममा त्रै सम्यकों लागी झण्डीबुर्जा खेलाइएको थियो । यसका साथै कार्यक्रमको प्रमुख रौनक़ मगरहरुको कौरा गायन र नृत्यले लिएको थियो । खिम मश्राङी मगरको अगुवाईमा शुरु भएको कौरा गित र त्यहाँ उपस्थित मगर्नी दिदी बैनीहरुको नाचले दर्शक महानुभावहरुलाइ धेरै राम्रो मनोरन्जन दिलाएको थियो ।

अन्ततमा कार्यक्रमको अधक्ष्य श्री शेर बहादुर थापा ज्यु ले सम्पुर्ण आजको यस कार्यक्रमलाइ सफल पार्न घर घरबाट सेल रोटी सलाद, अचार, चना लिवर आउनु हुने चेलीबेटी, खाना तयार गर्नु हुने दाजुभाइहरु, बँदेल र कुखुराको प्रायोजन गर्नु हुने भर्जिनियाका डा. गंगा पुर्ज़ा तथा अन्य मगरहरु र कार्यक्रममा आइ कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पुर्णमा धन्यबाद र यो तिहारको शुभ-कामना दिदै कार्यक्रम भव्यरुपमा सफल र सम्पन्न भएको भन्दै कार्यक्रम अन्त्य भएको जानकारी दिक् भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय