श्री रघुगङ्गा गाउपालिका अध्यक्ष ज्यु, नमस्कार ।
सर्बप्रथम….. हामी रघुगङ्गाबाशी हरुको जीवन रक्षाको निम्ति निकै दौड्धुप गर्नु भयकोमा हार्दिक धन्यवाद । तपाईं …. म लगायतका सम्पुर्ण रघुगङ्गा बासिको अभिभावक भयकोले यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु कृपया स्विकार्नुहोस ।
यहाको ब्यक्तिगत खटाइ अनि स्वास्थ्यकर्मी र बिरामीहरुलाइ उर्जा प्रदान गर्ने खालको सालिन व्यवहारलाई हार्दिक नमन । अनि केही काम हामी सङ्गै पनि गरिरहेका छौ । भलै हामी सबैको लापर्बाही र पालिकाको ढलफले नितिले गर्दा भनौ या असक्षमताले गर्दा कडाइका साथ निसेधाग्या जारी गर्न नसक्दा सामाजिक या भौतिक दुरि कायम नभएर कोरोना भाइरस हाम्रो समाजमा तिब्र गतिमा फैली रहेको छ ।
अब यस फैलावटको क्रमलाइ रोक्न हाम्रो देखावटी दौड धुपले काम गर्ने वाला छैन यस्को उचित उपाय भनेकै सामाजिक या भौतिक दुरि कायम गर्नु हो । र जस्को लागि कडाइका साथ लक्डाउन अपरिहार्य छ । जहाँ कोहि पनि ब्यक्ती घर बाहिर निस्किन नपाओस र नपरोस । पालिका भित्र या पालिकाको कुनै पनि नाका बाट पालिकाको स्वास्थ्य र खाध्यान्न वसार पसार गर्ने सवारी बाहेक कुनै पनि सवारी साधन या ब्यक्ती विशेष आवताजावत गर्न नपाओस ।
प्रस्न उठ्न सक्छ यो कसरी सम्भव छ ? हो यसलाइ ब्यबहरिक बनाउन पालिकाले आजै फूड ब्याङ्क स्थापना गरि कम्तिमा पालिकालाइ एक महिनालाइ पुग्ने खाध्यान्न भन्डारण गर्नु पर्दछ । र उक्त खाध्यान्न ससुल्क तर सुपथ मुल्यमा सुरक्षित तरिकाले हरेक घर घरमा पुर्याइदेवस ।
सवारी साधन र जनशक्तिको प्रयोग गरि हरेक घरमा खाध्यान्न आपुर्ती गर्ने र स्वास्थ्य सम्बन्धी सुचना लिरहने र आवस्यक परेकालाइ कोविड अस्पताल या सम्बन्धित स्वास्थ्य सस्था सम्म वसार पसार गरि सुबिधा दियर कडा निसेधाग्या जारि गर्नु आजको आवस्य्कता हो । औषधि लगायतका विभिन्न स्वास्थ्य सामाग्री हरु पालिकामा प्रयाप्त मात्रामा नै छन जस्तो लाग्छ । यदि जनशक्ती आवस्यक परे रघुगङ्गा युथ फोर्स स्वयम् सेवकको रुपमा खट्न प्रतिबद्द छ, आउनुहोस सहकार्य गरौ । धन्यवाद ।

