राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा म्याग्दीको आयोजनामा आयोजित एकल अनलाइन खुल्ला नृत्य प्रतियोगिता २०७८ को आज समापन हुने भएको छ ।

म्याग्दी उद्योग बानिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न एकल अनलाइन प्रतियोगिताको अन्तिम चरण म्याग्दीको बेनीमा सम्पन्न हुने भएको हो । अनलाइन नृत्य प्रतियोगितामा सहभागी ४८ जना प्रतिस्पर्धीहरु मध्यबाट समापन सम्म आइपुग्दा ५ जनाको प्रतिस्पर्धा हुने भएको छ । जसमा प्रथम हुनेले रु १० हजार नगद ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । कार्यक्रमको प्रत्यक्ष प्रसारण संघको अफिसियल फेसबुक पेजबाट हुने संस्थाको सचिव बादल शाहीले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय